इंग्ल्याण्ड क्वार्टरफाइनलमा पुग्यो, पोर्चुगलपछि जर्मनी बाहिरियो
गोरखापत्र अनलाइन
असार १६, २०७८ बुधबार
वेम्ब्लीमा गए राति अबेर सम्पन्न खेलमा रहीम स्टर्लिङ्गको सुरुवाती गोलमा अग्रता बनाएको इंग्ल्याण्डले जर्मनीमाथि २–० को जित हात पार्यो । स्टर्लिङ्गले समूह चरणमा क्रोएशिया र चेक रिपलब्लिक बिरुद्धको खेलमा समेत गोल गर्नुभएको थियो । ७५ औं मिनेटमा ल्युक शाको क्रसलाई रहिमले गोलको दिशा दिनुभयो ।
निर्धारित समयको खेल सकिन मात्र चार मिनेट बाँकी रहँदा कप्तान हयारी केनले गोल थप्दै इंग्ल्याण्डको जर्मनीमाथि २–० को जित सुनिश्चित...