चेक रिपब्लिकलाई हराएर इंग्ल्याण्ड समूह विजेता बन्यो
गोरखापत्र अनलाइन
असार ९, २०७८ बुधबार
रहीम स्टर्लिङले यूरो कप फुटबलमा दोस्रो गोल गरेपछि इंग्ल्याण्डले चेक रिपब्लिकलाई हराएको छ । समूह डी को आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डले चेक रिपब्लिकलाई १–० ले हराएको छ । चेक रिपब्लिकमाथि जितसँगै इंग्ल्याण्ड समूह विजेता बनेको छ ।
इंग्ल्याण्डले अन्तिम १६ मा फ्रान्स, जर्मनी, हँगेरी वा पोर्चुगलमध्ये एक टोलिको सामना वेम्ब्लीमा गर्नेछ । १२ औं मिनेटमा जैक गै्रलिसको क्रसलाई आर्सनलका बुकायो साकाले स्टर्लिङतर्फ तेस्र्याउँदा...