डेनमार्कका मीडफिल्डर एरिकसन अस्पतालबाट ‘डिस्चार्ज’ भए
गोरखापत्र अनलाइन
असार ४, २०७८ शुक्रबार
डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको मुटुको शल्यक्रिया गरिएको छ ।
२९ वर्षीय डेनमार्कका मीडफिल्डर एरिकसनको फिनल्याण्ड बिरुद्धको यूरो कप फुटबल २०२० अन्तगर्तको खेलमा कोपेनहेगनमा गत् शनिबार मैदानमै हृदयघात भएको थियो । तात्कालै मैदानमा ढल्न पुगेका एरिकसनको आपातकालीन उपचार गरिएपनि होसमा नआएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उहाँको उपचार भइरहेको अस्पतालमा टोलिका...