युरोपेली सुपर लिग खेल्न सहमति जनाउने नौ टोलीलाई कारबाही
गोरखापत्र अनलाइन
बैशाख २५, २०७८ शनिबार
युरोपेली सुपर लिग खेल्न सहमति जनाउने प्रिमियर लिगका छ शीर्ष टोलीसहित नौ टोलीमाथि युरोपेली फुटबल सङ्घले जरिवाना लगाएको छ । सङ्घको कारबाहीमा आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाइटेड तथा टटनहम हर्ट्सपर, एसी मिलान, इन्टर मिलान र एटलेटिको मड्रिडमाथि जरिवाना तोकिएको छ । युरोपेली फुटबल लिगबाट अलग हुन अस्वीकार गरेको रियल मड्रिड, बार्सिलोना र जुभेन्ट्सलाई भने उपयुक्त कारबाही गर्ने यूरोपेली फुटबल...