logo
२०८१ मंसिर ८ शनिवार



युरोपेली सुपर लिग खेल्न सहमति जनाउने नौ टोलीलाई कारबाही

फुटबल |
खेलकुद |


युरोपेली सुपर लिग खेल्न सहमति जनाउने नौ टोलीलाई कारबाही
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २५ गते । युरोपेली सुपर लिग खेल्न सहमति जनाउने प्रिमियर लिगका छ शीर्ष टोलीसहित नौ टोलीमाथि युरोपेली फुटबल सङ्घले जरिवाना लगाएको छ । सङ्घको कारबाहीमा आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर यूनाइटेड तथा टटनहम हर्ट्सपर, एसी मिलान, इन्टर मिलान र एटलेटिको मड्रिडमाथि जरिवाना तोकिएको छ । युरोपेली फुटबल लिगबाट अलग हुन अस्वीकार गरेको रियल मड्रिड, बार्सिलोना र जुभेन्ट्सलाई भने उपयुक्त कारबाही गर्ने युरोपेली फुटबल सङ्घको अनुशासन समितिले जनाएको छ ।
युरोपेली सुपर लिग गत अप्रिल १८ मा घोषणा गरिएको थियो । तर प्रशंसक र बेलायत सरकारको आलोचनापछि इंग्लिस क्लबले घोषणा भएको ४८ घण्टाभित्रै आफ्नो सहभागिता फिर्ता लिएको थियो । कारबाहीमा परेका नौ वटै टोलीले एक करोड ५० लाख युरो बालबालिकाको हित र युरोपमा फुटबलको प्रवर्धनका लागि खर्चिने सहमति जनाएका छन्् ।
साथै नौ वटै टोलीलाई युरोपेली फुटबल सङ्घले आयोजना गर्ने प्रतियोगिताका लागि दिने अनुदानमा एक वर्ष पाँच प्रतिशत कटौती गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?