सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने नेपालको लक्ष्य
गोरखापत्र अनलाइन
मंसिर १५, २०७८ बुधबार
नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ । तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् ।
विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा एचआइभीको बारेमा प्रयाप्त जनचेतना नहुँदा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले जानकारी दिनुभयो ।