गोरखापत्र संस्थानमा स्वास्थ्य शिविर
गोरखापत्र अनलाइन
मंसिर १०, २०७८ शुक्रबार
हीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
गोरखापत्र संस्थानको व्यवस्थापनमा नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाद्वारा शुक्रवार आयोजित स्वास्थ्य शिविरमा मुटु, कलेजो मिर्गौला, पिसाव परीक्षण, ग्याष्ट्रोलोजि, हेपाटोलोजी, युरोलोजी, इसिजी, इको र भिडियो एक्सरेको सेवा एकसय ६४ जनाले लिनुभएको थियो ।