हात्तीपाइले रोग निवारण समयमा भएन, लक्ष्य दश वर्ष थपियो
सिर्जना खत्री
चैत्र २, २०७८ बुधबार
नेपालले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्य समस्याबाट निवारण गर्ने लक्ष्य लिए पनि लक्ष्यअनुसार निवारण हुन सकेको छैन । लक्षित जनसङ्ख्याले औषधि नखाएकाले रोगको निवारण गर्न नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख निर्देशक डा. चुमनलाल दास बताउनु हुन्छ । ‘हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहे पनि सबै नागरिकलाई औषधि सेवन गर्नेतर्फ आकर्षित गर्न नसक्दा सरकारलाई उक्त लक्ष्य पूरा...