उपत्यकामा सहज, स्थानीय तहमा प्रविधि छैन, जोखिम निम्तिने खतरा
सिर्जना खत्री
फाल्गुन २९, २०७८ आइतवार
झण्डै दुई वर्षपछि नेपाल कोरोना भाइरस महामारीबाट तङ्ग्रिने बाटोमा छ । कोरोनाका कारण आतङ्कित जनजीवन सामान्य अवस्थामा फर्किदैछ । कोरोनाको पहिलो र दोस्रो लहरबाट निकै प्रभावित नेपालमा तेस्रो लहरले तुलनात्मक रुपमा कम असर गरेको तथ्याङ्कबाट देखिन्छ । दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक भएपनि मानवीय क्षति भने दोस्रो लहरभन्दा कम भएको पाइन्छ ।