पाँच हजार ६५७ सङ्क्रमित, ९२८ कोरोनामुक्त, ३३ को मृत्यु
गोरखापत्र अनलाइन
बैशाख १७, २०७८ शुक्रबार
नेपालमा कोरोनाभाइरसका पाँच हजार ६५७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ६५७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या तीन लाख २३ हजार १८७ पुगेको जनाएको छ ।