चार हजार ७७४ सङ्क्रमित, उपत्यकामा दुई हजार ४७ जना
गोरखापत्र अनलाइन
बैशाख १५, २०७८ बुधबार
नेपालमा कोरोनाभाइरसका चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ७७४ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको क्रममा चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ६९९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना...