परीक्षण पुगेन: विज्ञ, डब्लुएचओलाई पछ्याएका छौँ: सरकारी अधिकारी
गोरखापत्र अनलाइन ,
श्रावण ९, २०७७ शुक्रबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को परीक्षण क्षमता दैनिक दशदेखि १५ हजार रहेको दाबी गर्दैआएको छ । तर उक्त परिमाणमा परीक्षण भने भएको छैन । हालसम्म सबैभन्दा बढी असार १५ मा सात हजार ७९१ जनाको परीक्षण गरिएको थियो । जसमा ४७६ जनामा कोभिड–१९ को पुष्टि भएको थियो । त्यसयता परीक्षणको सङ्ख्या घट्दैगएको देखिन्छ ।