सेवाग्राहीको सुरक्षामा उच्च ध्यान दिन चिकित्सक, कर्मचारीमा अपिल
गोरखापत्र अनलाइन ,
चैत्र २३, २०७६ आईतवार
अन्तरकाउन्सिल समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका लागि कार्यक्षेत्रमा खटिदा आफ्नो र सेवाग्राहीको सुरक्षामा उच्च ध्यान दिन चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारीमा अपिल गरेको छ ।