मायाले क्यान्सर पीडितको आयु लम्बिन सक्ने- पीडितकाे अनुभव
गोरखापत्र अनलाइन ,
कार्तिक १३, २०७६ बुधबार
पेशाले उहाँ संचारकर्मी, कावासोतीमा रहेको रेडियो मध्यविन्दुमा संचारकर्मीको भूमिकामा पाँच वर्षदेखि, पूर्वी नवलपरासी कावासोती नगरपालिका ४ की उहाँ हुनुहुन्छ – राधा बस्याल ।
उहाँ अहिले क्यान्सर (अर्वुदरोग)बाट मुक्त हुँदै दोश्रो जीवन जिईरहनुहुन्छ । समाजमा क्यान्सरको चेतना फैलाउँदै अहिले दशहजार बढीलाई यससम्बन्धी शिक्षा समेत दिईसकेको उहाँसँग अनुभव छ ।