परिवार नियोजन दिवस : परिवार योजनाका कार्यक्रम प्रभावहीन
गोरखापत्र अनलाइन ,
आश्विन १, २०७६ बुधबार
करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रशितमाथि उक्लिन सकेको छैन । तर, परिवार नियोजको साधन प्रयोग...