पृथकतावादीको आक्रमणमा दुई यूक्रेनी सिपाहीको मृत्यु
गोरखापत्र अनलाइन
भाद्र २७, २०७८ आईतवार
यूक्रेनको सेनाले पृथकतावादी समूहको आक्रमणमा दुई जना सिपाटीको मृत्यु भएको जनाएको छ । आक्रमणमा अन्य दश जना सिपाही घाइते भएका छन् ।
यूक्रेनी सेनाले आइतबार एक वक्तब्य जारी गरी रुस समर्थित पृथकतावादी समूहले ग्रीनेड, ड्रोन लगायतका उपकरणबाट गरेको आक्रमणमा उक्त क्षति भएको दाबी गरेको छ । घटना यूक्रेनको पूर्बी डोनेस्क क्षेत्रमा भएको अलजजिराले उल्लेख गरेको छ ।