३०३ तालिबान विद्रोही मारिए
गोरखापत्र अनलाइन
श्रावण २१, २०७८ बिहीबार
अफगानिस्तान सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तिमा ३०३ तालिबान मारिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा गरिएको कारबाहीमा थप १२५ तालिबान बिद्रोही घाइते भएका छन् ।
समाचार संस्था एएनआईले अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विभिन्न प्रान्तमा चलाइएको कारबाहीमा भारी संख्या तालिबान बिद्रोही मारिएको उल्लेख गरेको छ । नानगढ, लघमान, गजनी, पक्तिका, कान्धार, जाबुल, हेरात, जौजन,...