खोप नलगाएर कार्यालय पुग्ने सीएनएनका तीन कर्मचारी जागिरबाट हटाइए
गोरखापत्र अनलाइन
श्रावण २२, २०७८ शुक्रबार
अमेरिकी न्यूज नेटवर्क सीएनएनले खोप नलगाइ एक कार्यालयमा गएकोमा तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । सबै कम्पनीले खोप लगाउन अनिवार्य गरिसकेपछि अमेरिकामा खोप नलगाएकोलाई जागिरबाट हटाइएको यो पहिलो अबसर हो । अमेरिकामा कम्पनीमा कार्यरत कर्मचारीले खोप लगाउनु कानूनी रुपमा समेत अनिवार्य गरिएको छ ।