सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी
रासस / सिन्ह्वा
पुष ६, २०७८ मंगलवार
सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश बर्षमा करीब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले मङ्गलबार जनाएको छ ।
चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा (२०११–२०२०) को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, “विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको...