भारतको बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट हुँदा छ जनाको मृत्यु
रासस / सिन्ह्वा
पुष ११, २०७८ आइतवार
पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको अधिकारीहरूले बताएका छन्। बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फोट भएको थियो ।