ग्यास पाइपलाइनको पनि अध्ययन सुरु
गोरखापत्र अनलाइन ,
फाल्गुन १०, २०७६ शनिबार
रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।