राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत
गोरखापत्र अनलाइन ,
कार्तिक २८, २०७६ बिहीबार
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपति हमिद पोखरा र आसपासको दृश्यावलोकनका लागि आज यहाँ आउनुभएको हो । रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा,...