तेह्र हजार प्रहरीलाई प्रशिक्षण, सेनाका पाँच हजार स्वाथ्यकर्मी तयार
गोरखापत्र अनलाइन ,
चैत्र ८, २०७६ शनिबार
कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमाक्षेत्रको निगरानी गरिरहेका छन् ।