भूमि व्यवस्थामन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
रासस
चैत्र ६, २०७६ बिहीबार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।