इतिहासको र वीरताको योगदानको कदर गर्नुपर्छ -प्रधानमन्त्री ओली
गोरखापत्र अनलाइन ,
फाल्गुन ९, २०७६ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ । इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभएको हो । “इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ,”–उहाँले भन्नुभयो ।