नेतृत्वको सोचमा सुधार नभएसम्म दिगो विकास लक्ष्य पूरा नहुने
रासस
माघ २०, २०७६ सोमबार
पूर्वाधार विकासका लागि प्रमुख राजनीतिक दलको नेतृत्वले नै सोचमा सुधार नगरेसम्म दिगो विकास लक्ष्य पूरा हुन नसक्नेमा विज्ञहरुले जोड दिनुभएको छ । सेन्टर फर डेमोक्रयाटिक इञ्जिनीयर्स नेपाल (सिडेन) ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास, राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुई दिने सम्मेलनमा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तोता एवं यसमाथि टिप्पणी गर्ने विज्ञले नेपालमा राजनीतिले सबैलाई ‘डोमिनेट’ गर्ने गरेकाले पूर्वाधार...