‘पैसाको मुठो आएपछि सुनको औँठी लगाएँ’
दीपक श्रेष्ठ
माघ २२, २०७६ बुधबार
चालीस वर्षअघि हेमबहादुर झेडीमगर ३१ वर्षका हुनुहुन्थ्यो । सानै थिए छोराछोरी । गाउँले साथीभाइ धेरैजसो लाहुरतिरै थिए । कोही साथी पोखरा थिए त कोही तराईका जङ्गल फाँड्न झरेका थिए । साथीभाइले हेमबहादुरलाई पनि उक्साउँथे, कति दुःख बेसाउने हो गाउँमा ? खै किन हो, हेमबहादुर गाउँमै रमाउनुभयो ।