ओझेलमा पर्दै उपत्यकाको सभ्यता
गोरखापत्र अनलाइन
पुष १४, २०७८ बुधबार
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँ उपत्यकाको समृद्ध सभ्यता पछिल्लो समय ओझेलमा पर्दै गएको बताउनुभएको छ ।
मानिसको पहिचानसँग जोडिएको ऐतिहासिक कालदेखि संरक्षित यहाँको सभ्यता अव्यवस्थित निर्माण, मानिसको भीडलगायतका कारणले लोप हुने अवस्थामा पुगेको बताउनुहुँदै मन्त्री श्रेष्ठले उपत्यकाको सभ्यता, संस्कृति संस्कारलाई अन्यत्र पनि विकास गर्नुपर्ने धारणा राख्नुभयो ।