छाेराछाेरी पढ्न थाल्छन, कम्प्युटर सिक्छन् आमाहरू
गोरखापत्र अनलाइन ,
भाद्र २२, २०७६ आईतवार
अप्ठ्यारोसँग माउस चलाउँदै एकजना महिला सरसफाई र त्यसको फाइदाको बारेमा कम्प्युटरमा पढ्दै हुनुहुन्थ्यो । चारदिन अघिमात्र जीवनमा पहिलो पटक उहाँको हातले माउस छोएको थियोे ।
‘कैंचीले कपडा काटेको त धेरै वर्ष भइसकेको थियो तर कम्प्युटर पनि चलाउन सक्छु भन्ने चैं मैले सोचेको थिइन,’ सुशिला साहले भन्नुभयो ‘यो स्कुलले हामी अभिभावकलाई पनि कम्प्युटर पढाउँछु भनेर बोलाएपछि म त खुसी हुँदै सिक्न आएँ ।’