चितुवाले काख रित्याएका आमाहरूकाे कथाः शोक र आँसुमा बित्छ दिन
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७६ सोमबार
आमाको काख रित्याउने गरी घरमै पसेर वर्षेनी चितुवाले बालवालिका खान थालेपछि जिल्लाको स्वाराड क्षेत्रका तीनवटा स्थानीयतहका गाउँ शोक र आँसुमा डुबेका छन् ।
जिल्लाको दक्षिण भेगमा पर्ने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा नरभक्षी चितुवाले घरभित्र पसेर मान्छेको शिकार गर्न थालेको सात वर्ष भयो । यो अवधिमा २४ बालवालिकाले ज्यान गुमाउनुको साथै १२ जना घाईते भएका छन् ।