बलेवा विमानस्थल धावनमार्ग कालोपत्र गर्ने तयारी, जेठमा सम्पन्न हुने
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७७ मंगलवार
बागलुङको बलेवा विमानस्थल धावन मार्ग कालोपत्रेको अन्तिम तयारीमा रहेको छ । विमानस्थल क्षेत्रको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको हुँदा ‘रनवे’ कालोपत्रे गर्ने तयारी गरिएको हो । विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत रहेको विमानस्थल निर्माण कम्पनीका इन्जिनियर चिरञ्जीवी खडकाले जानकारी दिनुभयो ।
विमानस्थल परिसरमा मेसिनरीवाल, सववेश, बेस, तारबार तथा नाली निर्माणको काम सकिएको हुँदा धावन मार्ग कालोपत्रेको...