logo
२०८१ मंसिर ९ आईतवार

कर्णालीमा हामफालेका थप दुईको शव भेटियोः एक अझै बेपत्ता

पढ्नै पर्ने |
फोटो फिचर |


2021-03-09-33407


कमल शर्मा
दैलेख, फागुन २५ गते । आइतबार साँझ घरबाट निस्किएर बेपत्ता भएका एकै घरका पाँच जनामध्ये थप दुई जनाको शव फेला परेको छ । जिल्लाको आठबीस नगरपालिका–३ निमाइलका ३५ बर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ वर्षीया कल्पना वडुवाल, १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीया ललित बडुवाल आइतबार साँझ घरबाट निस्किएपपछि बेपत्ता थिए ।
आमासहित बेपत्ता भएकामध्ये १५ वर्षीया कल्पना वडुवाल र १२ वर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला परेको थियो । उनीहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेका थिए ।
बेपत्ता रहेका आमा सुकी बडुवाल उनका छोरी ७ वर्षीया रजनी बडुवाल र छोरा १० बर्षीया ललित बडुवालको खोजीका लागि आज बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु खटिएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा आज (मंगलवार) दिउँसो १२ बजेतीर दुई जनाको शव फेला परेको बताउनुभयो । उहाँले सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको शव फेला परेको डिएसपी श्रेष्ठले बताउनुभयो । घटनास्थलमा रहेका डिएसपी श्रेष्ठले दैलेख र अछाम जोड्ने बेलखेतस्थित पुल नजिकैको कर्णाली नदीमा दुई जनाको शव फेला परेको छ ।’ डिएसपी श्रेष्ठका अनुसार ७ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
थप दुई जनाको शव पनि कर्णाली नदीमै भेटिएपछि पाँचै जनाले कर्णाली नदीमा हाम फालेको पुष्टि भएको छ । यता सुकीका श्रीमान् मानबहादुर बडुवाललाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उक्त घटनामा अनुसन्धान र खोजतलासका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्त, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठसहितको प्रहरी टोली मंगलवार बिहानैदेखि घटनास्थलमा खटिएको छ ।