निर्धारित समयमा नसकिने, छ महिना ढिला हुने अनुमान
गोरखापत्र अनलाइन
जेष्ठ ११, २०७८ मंगलवार
राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लकडाउनका कारण निर्धारित समयमा नसकिने भएको छ । निर्माणाधीन विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१ को जुलाई १० मा निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो ।
सम्झौता सकिने अवधि नजिकिदै गर्दा कोभिडका कारण पटकपटकको बन्दले निर्धारित समयमा काम समपन्न गर्न नसकिएको पोखरा क्षेत्रीय...