logo
२०८१ मंसिर ९ आईतवार

नराम्रो सपनाले याे सिजनमा दुई पटक शिखर चढ्ने योजना त्यागें

पर्यटन |
फोटो फिचर |


2021-05-25-38202
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
कठमाडौं, जेठ ११ गते । विश्वको सर्वोच्च शिखर सगरमाथको २५ औं पटक अरोहण सफल गरी कीर्तिमान कायम गनै सफ आरोही कामीरीता शेर्पा काठमाडौं आइपुग्नु भएको छ ।
यो मौसममा नै उहाँले दुई पटक सगरमाथ आरोहण गर्ने तय गर्नु भएको थियो । त्यसैका लागि उहाँ तेस्रो शिविर सम्म पनि पुग्नु भयो । तर उहाँले नराम्रो सपना देखे पछि यसपटक एउटै सिजनमा दुई पटक आरोण गर्ने योजना त्यागेर उहाँ काठमार्डौ फर्किएको विमानस्थलमा पत्रकारहरुलाई बताउनुभयो । उहाँले यो वर्ष जान नसके पनि सो काम अर्को वर्ष पूरा गर्ने  बताउनुभयो ।
। हेलिकोप्टर मार्फत काठमाडौं फर्किएका शेर्पालाई आरोही तथा अन्य शेर्पा समुदायले खदा र फूलगुच्छाले सम्मान गरेका थिए । सन् २०१९ मा एकै महिनामा दुई पटक सगरमाथा आरोहण गरी २४ पटक पुर्याएका शेर्पाले यसै महिना बाटो बनाउने कामको संयोजन गर्दे चुचुरो पुग्नु भएको थियो ।

आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण सम्पन्न गरी  विश्राम लिनु भएकाे छ भने भने सोलुखुम्बुकै अर्का आरोही गाइडले २२ औ पटक सगरमाथा आरोहण गरी सक्नु भएकाे छ। त्यसैले कामीरिताको कीर्तिमान तोडिने सम्भावना अझै पनि कमै देखिन्छ । यता कामीरिता शेर्पा भने ५० वर्षमा २५ पटक सगरमाथा आरोहण गरी विश्राम लिन परिवारले दवाव दिए पनि उहाँ भने शरीरले धानेसम्म पर्वतारोहणलाई नियमीत गर्ने बताउनुभयो ।

कानुनत ६५ वर्ष भन्दा माथि उमेर पुगेपछि जीवन विमा गर्दैन र बीमा विना पर्वतारोहणमा अनुमती दिदैन । यो अवधिपुग्न कामिरीतालाई अझै पनि १४ वर्ष बाँकी छ । उहाँले प्रत्येक पटक आफ्नै कीर्तिमान तोड्दै आउनु भएको छ तर उहाँले भने कीर्तिमान तोड्ने भन्दा पनि आफूले आफ्नो पेशा र कर्तव्य निर्वाह गरेको बताउनुहुन्छ ।
यस वर्ष सगरमाथामा मात्र ४४ आरोहणदलबाट ३ सय १५ जना पुरुष ९२ महिला १ तेश्रो लिङ्गी गरी कूल ४ सय ८ जना आरोहीले आरोहण गर्दै छन् ।
सन् १९७० मा सोलुखुम्बुरको थामेमा जन्मनु भएका शेर्पा लामो समय देखि ब्यबसायिक शेर्पा पथ प्रदर्शक भएर काम गर्दै आउनु भएका हुन् । उहाँले सन १९५० मा पहिलो पटक सगरमाथा आरोहण शुरु गरी यस वर्ष २५ औं पटक पुर्याउनु भएको हो । विश्वकै आरोहण इतिहासमा उहाँ सबै भन्दा धेरै सगरमाथा आरोहण गर्ने व्यक्ति बन्नुभएको छ ।
सन २०१८ मा उहाँले ४८ वर्षको उमेरमा २२ चोटी सगरमाथा चढने पहिलो नेपाली आरोही बन्न सफल बन्नु भएको थियो भने सन् २०१९ को मे १५ तारिखका दिन २३ चोटी शिखर पुग्नु भएका उहाँ लगत्तै मे २१ तारिखका दिनमा २४ पटक सगरमाथामा सफलता प्राप्त गर्नु भएको थियो । सगरमाथा बाहेक विश्व को दोश्रो ठूलो हिमाल केटु, चोयु,मनास्लु, अन्नपूर्ण र ल्होत्से हिमालको पनि सफल आरोहण गरी सक्नु भएको छ ।

तस्बिर सुजन गुरूङ्ग