आयोगको पत्रको कानुनी र राजनीतिक उपचार खोज्ने राप्रपाको निर्णय
गोरखापत्र अनलाइन
माघ ९, २०७८ आइतवार
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्वाचन आयोगको पत्रको सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।
आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र, राजसंस्था र झन्डाबाट गाई हटाउन निर्देशन दिएपछि राप्रपाले यस्तो निर्णय गरेको हो ।
आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आयोगले माघ ३ गते पठाएको पत्रको सम्बन्धमा छलफल गरेको हो ।