अनुसन्धान परम्परामा थपिएको सिँढी
गोरखापत्र अनलाइन
पुष २५, २०७७ शनिबार
केदार भट्टराई पेसाले पत्रकार भए पनि नेपाली भाषा, साहित्य र अनुसन्धानका क्षेत्रमा केदार वाशिष्ठका नामले क्रियाशील हुनुहुन्छ । नेपाली भाषा र वर्णविन्यासका क्षेत्रमा हुँदैआएको विवादमा उहाँ मध्यममार्गीको रूपमा कलम चलाउँदै आउनुभएको छ । उहाँका फुटकर लेखनका प्रशस्तै आलेख आएका भए पनि पुस्तकाकाररूपमा भने प्रथम कृतिका रूपमा ‘नेपाल विद्या’ भर्खरै प्रकाशित भएको छ । नवीन सन्दर्भको अनुसन्धानमूलक यस ग्रन्थले नेपाली अनुसन्धान...