पर्यटकीय गाउँ सिक्लेस
गोरखापत्र अनलाइन
आश्विन २४, २०७७ शनिबार
तपाईं सिक्लेस पुग्नुभएको छ ? यदि पुग्नुभएको छैन भने त्यहाँ पुगिसकेपछि निकै चिसो महसुस गर्नुहुनेछ । सिक्लेसमा घरपतिले तपाईंलाई भित्र अगेनाको छेउमा बस्न आग्रह गर्ने छन् । ढोकाबाट छिर्नासाथ भित्ताका तासीहरूमा लहरै तामाका रोचा, खड्कुलो, ताउला, गाग्री, चरेस र ढलोटका अनगन्ती थाल, कचौरा समेतको चाङ देख्नुहुनेछ । तपाईंलाई लाग्ला यो त भाँडा पसल पो रहेछ । भ्रममा नपर्नुस् । त्यो कुनै भाँडा पसल भने होइन । त्यहाँका प्रत्येक घरमा...