त्रिधाम हलेसी
दीपेन्द्र राई
पुष १०, २०७८ शनिबार
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले हलेसीमा साझा रूपमा पूजा–अर्चना र श्रद्धा गर्छन् । जहाँ, एउटै ठाउँमा तीनवटै धर्मका पितृ, भगवान् र गुरुको सद्भाव प्राप्त गरिन्छ । हलेसी पुगेपछि पितृपुर्खाको आशीर्वाद पाइने, विद्या, धन, आयु बढ्नुका साथै आध्यात्मिक शान्ति पाइन्छ ।
हलेसी धार्मिक सहिष्णुताको खुला विश्वविद्यालय हो । हलेसी प्राकृतिक रूपमा जति सुन्दर र अद्भुत छ, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले उत्तिकै उदाहरणीय...