भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति
गोरखापत्र अनलाइन
पुष १९, २०७७ आईतवार
परीक्षण गर्दा सेरमको खोपले औसतमा ७०.४२ प्रतिशतसम्म काम गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण तेस्रो चरणसम्म भएको थियो ।
सामान्य वा नियमित अवस्थामा भने यी खोपहरु प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसको विकास र परीक्षणको काम अझै पनि जारी रहेको छ । भारत बायोटेकको खोप भने आइसिएमआर र नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजीले संयुक्त रुपमा विकास गरेका हुन् । विश्वभरी नै राम्रो मानिएको प्रणाली मार्फत यसको विकास गरिएको...