कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै
गोरखापत्र अनलाइन
पुष ११, २०७७ शनिबार
बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ ।
बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ । सङ्क्रमित विरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट...