जेटिएको जागिर छाडेर कुरिलो खेतीमा
रासस
बैशाख २८, २०७७ आईतवार
व्यावसायिक रुपमा कुरिलो खेती गर्नुभएका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उहाँ एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्नुहुन्छ । ‘लकडाउन भएपछि घरमै कुरिलो खरीद गर्न धेरै आउँछन्, लकडाउनले कुरिलोको माग बढ्यो, पु¥याउनै समस्या भइरहेको छ’, उहाँले भन्नुभयो । उहाँले गत फागुन २८ गतेदेखि हालसम्म रु एक लाख एक हजारको कुरिलो बिक्री गरिसक्नुभएको छ ।