logo
२०८१ मंसिर १२ बुधवार



कालीकोटमा एक हजार ७४२ जनालाई तीन करोड सहयोग

समाज |


कालीकोटमा एक हजार ७४२ जनालाई तीन करोड सहयोग


प्रेमराज सिम्खडा
कालीकोट, बैशाख २७ गते । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले गत चैत्रदेखि शुरु गरेको बन्दाबन्दीकाे आर्थिक संकट मुलुकमा देखिसकेको छ । कालीकोटका स्थानीय तहले पनि बन्दाबन्दीका बेला आआफ्नो स्थानीय तहका विपन्न नागरिकलाई राहत वितरण गरिरहेका छन् । जिल्लाका सबै स्थानीय तहले दिएको जानकारी अनुसार तीन करोड बढी रकम राहत वितरणमा खर्च भएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिकाले ३८७ जना अति विपन्न परिवार र १ हजार ३५५ विपन्न परिवार गरी जम्मा १ हजार ७४२ परिवारलाई राहत वितरण गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत खडकप्रसाद उपाध्यायले आजसम्म २७ लाख बराबरको राहत वितरण गरेको बताउनुभयो । नेपाल खाद्य संस्थानको कालीकोट डिपोबाट चामल खरिद गरेर नागरिकलाई राहत वितरण गरिएको हो ।

जिल्लाको रास्कोट नगरपालिकाले पनि ३० लाख बढी राहत वितरण गरिसकेको छ । रास्कोट नगरपालिका वडा नं २ का अध्यक्ष दयाराम सिम्खडाले गैरसरकारी संस्था प्लान नेपालले रास्कोट नगरका ५३४ परिवारलाई प्रति घरपरिवार २ हजार ७३० रुपियाँका दरले १४ लाख ५७ हजार ८३० नगदसँगै नगरको २४ लाख जति खर्च विपन्न परिवारको राहत वितरणमा खर्च भएको बताउनुभयो । जिल्लाको पलाँता गाउँपालिकाले ६० लाख विनियोजन गरेको छ । तर हालसम्म कुनै पनि पैसा खर्च भएको छैन ।

हालसम्मको सबै २० लाख राहत, उद्धार र गाउँपालिकामा रहेका स्वास्थ्यक्रर्मीलाई खरिद गरेको पिपिई सेट सबै खर्च २० लाख भएको र त्यो गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको व्यक्तिगत खर्च भएको रेडियो पलाँताका स्टेशन म्यानेजर सुमनकुमार बमले बताउनुभयो । उहाँका अनुसार  २० लाख रूपियाँ आफ्नो मात्र खर्च भएको जानकारी गाउँपालिका अध्यक्षले दिनुभएकाे छ । जिल्लाको शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हस्तबहादुर शाहीले १३ लाख रूपियाँ बराबरकाे राहत विपन्न परिवारलाई वितरण गरेको बताउनुभयो ।
नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले गाउँपालिकाभरिका ४८० विपन्न नागरिकका लागि १७ लाख ५० हजारको राहत वितरण गरेकोे बताउनुभयो । अध्यक्ष बिष्टले यो रकम गाउँपालिका र प्लान नेपालको सयुक्त खर्च भएको बताउनुभयो । सान्नीत्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले गाउँपालिकाको मात्र खाद्यान्नमा १५ लाख रूपियाँ खर्च भएको बताउनुभयो । उहाँले गैरसरकारी संस्थाको १४ लाख हाराहारीको नगद सहयोग अलग रहेको बताउनुभयो । यस्तै पचालझरना गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकाले पनि राहत वितरण गरेका छन् ।

तिलागुफा नगरपालिका वैशाख ४ गते एक करोड रूपियाँको खाद्यान्न खरिदका लागि बाेलपत्र आह्वान गरेकाे र लाखाैँ अनियमितता भएकाे गुनासाेसमेत सुनिएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?