तीन वर्षभित्रै कर्णाली करिडोर, सडक निर्माणपछि कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७६ सोमबार
त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महŒव राख्ने कर्णाली करिडोरको निर्माणले गति पाएको छ । आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त करिडोरको अब ३१ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । सडक विभाग र नेपाली सेनाले एकै पटक छुट्टाछुट्टै खण्डमा कर्णाली करिडोर निर्माण गरिरहेका छन् ।