'संगठनमा कामको मूल्याङ्कन हुँदैन, परिवारबाट टाढा रहनु पर्छ'
दीपा चाैधरी
पुष २२, २०७८ बिहीबार
कानुन कार्यान्वयनमा पहरेदारी गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तर, अपराध नियन्त्रण गर्ने प्रहरी संगठनभित्र कहिलेकाही नसोचिएका घटना हुन्छन् । नागरिकको सुरक्षामा खटिने प्रहरी संगठनभित्रका घटनाले नागरिकको सुरक्षा चासोमाथि नै गम्भीर प्रश्न उठ्ने गरेका छन् ।