झाँक्रीपानीमा पूर्वाधार बन्याे, पर्यटककाे चहलपहल बढ्याे
रासस
कार्तिक १२, २०७७ बुधबार
म्याग्दीको मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु। ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् ।
पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास ९होमस्टे० सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु। दश लाख र गाउँपालिकाले...