जाने हाेइन त हेर्न तीनधारे झरना (फोटो फिचर)
गोरखापत्र अनलाइन
आश्विन २, २०७७ शुक्रबार
सामाजिक सञ्जालमा बहुबली झरनाको नामले प्रसिद्ध तीनधारे झरना धेरै भाइरल भइरहेको छ । मनै लोभ्याउने झरनाले धेरैको मन तानेको छ । अहिले युवापुस्ता त्यहाँ पुगेर रमाइलो गरेको तस्बिरहरु फेसवुक, इन्स्टाग्राममा राख्न पाउदा दङ्ग पर्ने गरेको पनि पाइन्छ । काभ्रेपलाञ्चोक जिल्लको रोशी गाउँपालिका – २ काफलडाँडामा अवस्थित तीनधारे झरनामा अहिले बनेपा, धुलिखेल, काठमाडौ, भक्तपुरदेखि मानिस जाने गरेको पाइन्छ । करिब तीन सय मिटर उचाइबाट...