पर्यटक आगमन बढ्दै, शरद ऋतुबाट पुरानै अवस्थामा फर्कने सम्भावना
छेटु शेर्पा
चैत्र २२, २०७८ मंगलवार
यस महिना कोरोना महामारीपछिकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ । यो तथ्याङक गत वर्षको तुलनामा १८०.४७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । गत वर्षको मार्च महिनामा १४ हजार ९७७ जना मात्र पर्यटन नेपाल भित्रिएका थिए ।