राप्ती नदीमा जलयात्रा सुरु
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
आन्तरिक र भारतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले राप्ती नदीमा शुक्रबारदेखि जलयात्रा (-याफ्टिङ) सुरु गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा सुरु गरिएको जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले उद्घाटन गर्नुभयो । जलयात्राको दूरी करिब २७ किमि रहेको बताइएको छ ।