आकर्षणस्थल बन्दै ‘ऐनापहरा झरना’
रासस
भाद्र २८, २०७८ सोमबार
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रहेको ऐनापहरा झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं २ र ४ को सिमानामा पर्ने उक्त झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको हो । राजमार्गसँगै जोडिएका कारण पनि यात्रा गर्ने हरेक सर्वसाधारण झरनामा पुग्ने गरेका छन् ।
झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ र टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । तनहुँकै अग्लो...