जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि !
रासस
भाद्र २५, २०७८ शुक्रबार
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो ।
नुवाकोटको गेर्खुबाट चन्द्रागिरि घुम्न आउनुभएका दिपेश प्याकुरेलले जिपलाइनको मज्जा लिँदा दङ्ग पर्नुभयो । “केवलकार त यसअघि पनि चढेको थिए, जिपलाइन सञ्चालन भएको थाहा पाएर पुनः यहाँ घुम्न आएको हुँ...